आफूलाई मोडल हुँ भन्दै ठगी गरेकी सपना लामिछानेविरुद्ध उनले ठगी गर्न खोजेका नुवाकोटको मनिश थापाले ३ साउनमा नै प्रहरी वृत्त मालिगाउँमा उजुरी दिएका थिए ।
शंकर ग्रुपको निर्माणाधीन होटलमा आफूले काम गरेको भुक्तानी समयमा पाउन नसकेका मनिशले आफूलाई जबर्जस्ती सपना लामिछानेले चेक काट्न लगाएको भन्दै उजुरी दिएका थिए ।
मनिश थापा र आफूलाई मोडल बताउने सपना लामिछानेको विषयमा के प्रसंगमा ठगी भएको भन्ने थाहा पाउन यसअघि फरकधारमा प्रकाशित यो समाचार पढ्नुहोस्ः
मनिशले मालिगाउँ प्रहरी वृत्तमा दिएको निवेदनमा सपना लामिछानेले आफूलाई पूर्ण विश्वासमा लिएर चेक काट्न लगाएको र आफूले पाउनु पर्ने हिल्टन होटलको पैसा सपनाले आफ्नो नाममा चेक काट्न लगाएर लिएको उल्लेख गरेका छन् ।
मनिशले पहिले पैसा उठाउने प्रयोजनका लागि भनेर आफूबाट काट्न लगाएको चेकलाई सपनाले बाउन्स गर्ने भन्दै धम्की दिँदै आएको, उनले मान्छेहरु लगाएर आफ्नो बाटोमा थुनछेक गरिरहेको बताएका छन् ।
मालिगाउँमा सपना लामिछानेविरुद्ध उजुरी परिसके पछि उनी त्यहाँ गएर मनिशसँग मिलेमतो गरेको मालिगाउँ प्रहरी रेकर्डमा देखिन्छ ।
तर, हिल्टन होटलबाट पैसा उठाउने प्र्रयोजनका लागि मनिशसँग लिएका तिनै चेकको आधारमा अहिले सपनाले मनिशविरुद्ध उजुरी दिएकी छिन् । मनिश यही घटनामा महानगरीय प्रहरी वृत्त टेकुुको हिरासतमा छन् ।
आफूलाई मोडल बताउँदै आएकी चितवनकी सपना लामिछानेले मनिशसँग पैसा उठाउनका लागि दिपेश बस्नेतको सहयोग लिने गरेकी छिन् । दिपेशले बारम्बार मनिशसँग आफूहरुले पैसा उठाउनका लागि चेक लिएको र मनिशको पैैसा उठेपछि आफूहरुले त्यसको आधा हिस्सा पाउनु पर्ने भन्दै गरेका फोन संवाद र मेसेजहरु फरकधारसँग सुरक्षित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।