सुनसरी २ बाट एमालेका भीम आचार्य विजयी

सुनसरी निर्वाचत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका भीम आचार्य विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गर्दै प्रतिनिधि सभामा आफ्नो सिट सुरक्षित गरेका हुन् । त्यहाँ आचार्यले ३२ हजार ८ मत ल्याए भने महतोले २६ हजार ५८ मत पाए ।

आचार्य यसअघिको निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका थिए । उनले केही समयका लागि प्रदेश १ मा मुख्यमन्त्रीका रुपमा समेत जिम्मेवारी सम्हाले ।

उनी ०६४ यता हरेक चुनावमा सुनसरीबाट निर्वाचित हुँदै आएका छन् । यसअघि संविधानसभा ०६४ र ०७० को चुनावमा तत्कालीन सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए भने ०७४ मा सुनसरी क्षेत्र नं १ को १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

यसपटक सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिँदै विजयी भएका हुन् ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १९:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया