महिला गोल्डकप फुटबलकाे दाेस्राे खेलमा आज नेपाल–भारत भिड्दै

काठमाडौँ– भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ ।

पहिलो खेलमा म्यानमारसँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाव छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे सुरु हुनेछ । 

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाव छ ।

आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । प्रतियोगितामा एक–एक जित निकालेको भारत र म्यानमारको समान तीन–तीन अङ्क छ ।

नेपाल र इरानले अङक जोड्न सकेका छैनन् । राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् । 





  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार १२:३१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया