रामेछाप–१ (ख) बाट माओवादीका युवराज चौलागाईं निर्वाचित

रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट माओवादी केन्द्रका युवराज चौलागाईं विजयी भएका छन् । उनी एमालेका मिलनकुमार घिसिङलाई ४ हजार ७ सय ७४ को मतान्तरले हराउँदै बागमती प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

मुख्य निर्वाचन कार्यालय, रामेछापका अनुसार आइतबार बिहान सम्पन्न मतगणनामा चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी घिसिङले १८ हजार २ सय ५ मत पाएका थिए । चौलागाईं सत्ता गठबन्धनका तर्फबाट वाग्मती प्रदेशसभामा उम्मेदवार हुन् ।  

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य चौलागाईं विदेश विभाग प्रमुखसमेत हुन् ।  





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ९:३५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया