कैलालीको घोडाघोडी नगरपालिकामा वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् । मदिरा पिइरहेको अवस्थामा विवाद हुँदा १ नम्बरका वडाध्यक्ष घनश्याम ओझाले अधिकृतको सरकारी निवासमा तोडफोड गरेका हुन् ।
गएराति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए ।
मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडाध्यक्ष ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण शाहीले घटनाबारे आधिकारिकरूपमा जानकारी प्राप्त नभए पनि प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।