पोर्चुगलमा नेपाली व्यवसायी गुरुङको निधन

पोर्चुगलमा बसेर व्यवसाय गर्दै आएका एकजना नेपालीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका–९ हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको हो । 

पोर्चुगलमा विगत ५ वर्षयता रेष्टुरेन्ट सञ्चालन गर्दै आएका गुरुङको शनिबार विहान निधन भएको व्यावसायिक साझेदार एवं लमजुङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङले जानकारी दिए । 

शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किने क्रममा गुरुङको एक्कासि टाउको दुखेको जानकारी पाएपछि उनका परिवार, साथीभाइ साथै आपतकालीन सेवाका डाक्टरको सहयोगमा उपचारको लागि अस्पताल लगिएको थियो । 

अस्पतलामा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गुरुङ उच्च रक्तचापको बिरामी रहेका थिए ।   





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १०:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया