नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिनः आज के के हुँदैछ ?

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ ।

भुटान र अमेरिकाके संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ । अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । यो प्रयोगात्मक र एकल नाटक हो ।

यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास र संस्कृतिबारे बताउँछ । नाटक, तामाङ्ग समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो ।

त्यस्तै दिउँसो २ र साँझ ६ बजे रुसको लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मण्डला स्टुडियोमा मण्डन हुँदैछ । कोन्द्रातोएभा क्रिस्टिनाले लेखेकी यस नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गरेका छन् ।

नाटक सामाजिक दृष्टिकोणबाट महत्वपूर्ण रहेको यस नाटकले एउटी युवतीको कथा भन्छ । आफ्नो मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी उनले आफ्नो स्वतन्त्रताका यात्रामा सानो भाइलाई समेत बिर्सिएको प्रसंगलाई नाटकमा छ ।



आइतबारै साँझ ७ः३० बजे नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ ।

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको महोत्सवमा आइतबारै नाटकका अलवा बिहानैदेखि ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ । 



  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १०:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया