एमाले उपाध्यक्ष नेम्वाङ इलाम २ बाट निर्वाचित
फरकधार / ११ मंसिर, २०७९
फाइल तस्बिर

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतले पराजित गरेका हुन् । संविधानसभा अध्यक्ष नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाएका छन् । उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 



सुनसरी २ बाट आचार्य 
एमालेका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य सुनसरी २ बाट निर्वाचित भएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सीताराम मेहतालाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय भएका हुन् । नेता आचार्यले ३२ हजार आठ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी मेहताले २६ हजार ५८ मत ल्याएका छन् ।  





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १३:५:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया