६ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च ४ प्रतिशत मात्रै !

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो ६ महिनामा गण्डकी प्रदेशले ४ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि ११ जिल्लामा ९ अर्ब ३३ करोड ११ लाख ४३ हजार छुट्याएकोमा ६ महिनासम्म ३९ करोड १ लाख १६ हजार मात्रै खर्च भएको देखिएको छ । 

प्रदेश सरकारको सोही अवधिमा चालू खर्चका लागि विनियोजित बजेटमध्ये १८.५४ प्रतिशत खर्च गरेको छ । गण्डकी प्रदेशले ७२ करोड ८६ लाख ४२ हजार चालू खर्च गरेको जनाएको हो । 

गण्डकी प्रदेशले पहिलो ६ महिनामा जम्मा बजेटको ८.४४ प्रतिशत मात्रै खर्च भएको जनाएको छ । पहिलोपटक बजेट विनियोजन गरेर खर्चको तयारी गरिरहेका प्रायः सबै प्रदेशको खर्च न्यून छ । 

खर्च गर्ने संयन्त्र बलियो नहुनु र परम्परागत रूपमा खर्च गर्ने परिपाटीले गर्दा पनि प्रदेश सरकारको बजेट खर्च नभएको विश्लेषकहरूले बताउँदै आएका छन् । अर्थविश्लेषक अच्युत वाग्ले प्रदेश सरकारसँग खर्च गर्ने क्षमता बढाउनु नै प्रमुख चुनौती रहेको बताउँछन् ।





  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार १३:४८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया