दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव

निर्वाचन आयोगले दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव गर्ने भएको छ । ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको उजुरी परेपछि आयोगकाे एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । 

नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीकाे उजुरीका आधारमा आयोगकाे टोलीले दोलखा गएर स्थलगत अध्ययन गरेकाे हाे । सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए ।

टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको हाे । आयोगले फेरि मतदान गर्न लागेका मतदानस्थलको सूची भने आइसकेको छैन ।

सिवाकोटीले बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्रावि मा पुन मतदानको माग गरेका थिए ।

आयोगको बोर्ड बैठकले यी सहितका विवादमा परेका अरु केही मतदानस्थलमा फेरि चुनाव गर्ने निर्णय गरेको हो । 

दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १८:०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया