दिल्ली उडेको विमान वेपत्ता भएका फेसबुक पोस्टहरु ‘फेक’
साङ्केतिक तस्वीर

केही समय यता नेपालका सामाजिक सन्जाल प्रयोगकर्ताहरुले काठमाडौंबाट दिल्ली उडेको विमान वेपत्ता भएको दुखद खबर भन्दै सेयर गरिरहेका छन् ।

हामीले यो विषयमा बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पर्क गरेका थियौँ ।

सम्पर्कमा आएका त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले यो समाचार फेक भएको बताएका छन् ।

‘अहिलेसम्म यस्तो खबर हामीलाई थाहा छैन,’ उनले भने, ‘त्यो झुटो कुरा हो ।’

केही समय यता फेसबुकमा विभिन्न व्यक्तिहरुले फेसबुकमा विमान हराएकाे भन्दै पाेस्ट गरिरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १९:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया