मधेस प्रदेशसभामा यसपटक कति नयाँ अनुहार थपिए ? कतिजनाको पुनरागमन?

मधेस प्रदेशसभामा यसपटक प्रत्यक्षतर्फ ४० नयाँ अनुहार थपिएका छन् । अघिल्लो निर्वाचनमा चुनिएका २३ जना सांसद यसपटक पुनः दोहोरिएका हुन् ।
 
मधेस प्रदेशको ६४ निर्वाचन क्षेत्रमध्ये धनुषा–४ को (ख) बाहेक अहिलेसम्म ६३ वटाको नतिजा सार्वजनिक हुँदा ४० जना नयाँ अनुहारले प्रदेशसभामा प्रवेश पाउने देखिएका छन् । 

समाचार तयार पार्दासम्म धनुषा–४ को (ख) मा एमालेका हरिनारायण महतोको अग्रता छ । उनी निर्वाचित भए उनी पनि नयाँ अनुहार हुनेछन् । यसअघि महतो धनुषाको मिथिला नगरपालिकाका मेयर थिए । 

मधेस प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिक ४३ जना गरी जम्मा १०७ सदस्यीय सांसद चुनिने व्यवस्था रहेको छ । 

यी हुन् मधेस प्रदेश सभामा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित सांसदहरु

सप्तरी ४ (क) बाट निर्वाचित नेकपा एकीकृत समाजवादीका गोवीन्द बहादुर न्यौपाने 
सिरहा ३ (ख) बाट निर्वाचित नेकपा एसका प्रमोद कुमार यादव 
धनुषा १ (ख) बाट निर्वाचित नेकपा एमालेका रामचन्द्र मण्डल 
धनुषा २ (ख) बाट निर्वाचित जसपाका रामअशिष यादव 
धनुषा ३ (क) बाट निर्वाचित नेपाली कांग्रेसका रामसरोज यादव 
महोत्तरी १ (क) बाट निर्वाचित नेकपा एमालेकी शारदा थापा 
महोत्तरी १ (ख) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका भरत प्रसाद साह 
महोत्तरी २ (क) बाट निर्वाचित लोसपाका जयनुल राइन 
महोत्तरी २ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह 
महोत्तरी ३ (क) बाट निर्वाचित लोसपाका अभिराम शर्मा 
महोत्तरी ३ (ख) बाट निर्वाचित लोसपाकी रानी कुमारी तिवारी 
महोत्तरी ४ (ख) बाट निर्वाचित जसपाका सरोज कुमार सिंह 
सर्लाही १ (क) बाट निर्वाचित लोसपाका उपेन्द्र महतो   
सर्लाही १ (ख) बाट निर्वाचित नेकपा एसकी बेची लुंगेली   
सर्लाही ३ (ख) बाट निर्वाचित जसपाका संजय कुमार यादव   
सर्लाही ४ (क) बाट निर्वाचित कांग्रेसका बीरेन्द्र कुमार सिंह   
रौतहट ४ (ख) बाट निर्वाचित जसपाका शेख अबुकलाम अजाद 
बारा १ (ख) बाट निर्वाचित जसपाका सरोज कुमार यादव 
बारा २ (ख) बाट निर्वाचित जसपाका बच्चा राउत अहिर 
बारा ४ (ख) बाट निर्वाचित लोसपाका जितेन्द्र सोनल 
पर्सा १ (ख) बाट निर्वाचित जसपाका लालबाबु राउत 
पर्सा २ (ख) बाट निर्वाचित लोसपाका रमेश प्रसाद कुर्मी 
पर्सा ४ (ख) बाट निर्वाचित जसपाका सिंगासन सा कलवार 

प्रदेशसभाका लागि यी हुन् नयाँ अनुहार 



सप्तरीबाट 
सप्तरी १ (क) बाट निर्वाचित नेकपा एमालेका राजकुमार लेखी
सप्तरी १ (ख) बाट निर्वाचित जनमत पार्टीका सकिय मियाँ
सप्तरी २ (क) बाट निर्वाचित जनमतका सतिश कुमार सिंह
सप्तरी २ (ख) बाट निर्वाचित जनमतका महेश प्रसाद यादव
सप्तरी ३ (क) बाट निर्वाचित नेपाली कांग्रेसका मोहम्मद समीम
सप्तरी ३ (ख) बाट निर्वाचित जनमत पार्टीका शम्भु कुमार साह
सप्तरी ४ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार अनिरुद्ध कुमार सिंह

सिरहाबाट
सिरहा १ (क) बाट निर्वाचित नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी थारु 
सिरहा १ (ख) बाट निर्वाचित जसपाका राजकुमार गुप्ता 
सिरहा २ (क) बाट निर्वाचित जनमत पार्टीका सञ्जयकुमार यादव 
सिरहा २ (ख) बाट निर्वाचित नेकपा एमालेका शत्रुधन प्रसाद सिंह 
सिरहा ३ (क) बाट निर्वाचित एमालेका मनोज कुमार सिंह 
सिरहा ४ (क) बाट निर्वाचित जनमत पार्टीका त्रिभुवन साह 
सिरहा ४ (ख) बाट निर्वाचित लोसपाका रामबाबु यादव 



धनुषाबाट
धनुषा १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका संजय कुमार महतो 
धनुषा २ (क) बाट निर्वाचित नेकपा एमालेका लखन दास तत्मा 
धनुषा ३ (ख) बाट निर्वाचित नेकपा एमालेका दिपेन्द्र कुमार ठाकुर 
धनुषा ४ (क) बाट निर्वाचित नेपाली कांग्रेसका शेषनारायण यादव 
धनुषा ४ (ख) मा नेकपा एमालेका हरिनारायण महतोको अग्रता

महोत्तरीबाट
महोत्तरी ४ (क) बाट निर्वाचित नेकपा एमालेका सरोज कुमार यादव 

सर्लाहीबाट
सर्लाही २ (क) बाट निर्वाचित नेपाली कांग्रेसका जंगीलाल राय 
सर्लाही २ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका कौशल किशोर राय 
सर्लाही ३ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार जवाहर लाल कुशवाहा 
सर्लाही ४ (ख) बाट निर्वाचित माओवादी केन्द्रका फकिरा महतो 

रौतहटबाट
रौतहट १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका नागेन्द्र साह 
रौतहट १ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका कृष्ण कुमार यादव 
रौतहट २ (क) बाट निर्वाचित नेकपा एमालेका मो. जैद आलम 
रौतहट २ (ख) बाट निर्वाचित नेकपा एसका कनिश पटेल 
रौतहट ३ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार केशव राय 
रौतहट ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका सुनिल कुमार यादव 
रौतहट ४ (क) बाट निर्वाचित माओवादी केन्द्रका युवराज भट्टराई 

बाराबाट
बारा १ (क) बाट निर्वाचित नेकपा एमालेका त्रिलोकी प्रसाद 
बारा २ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार शारदा शंकर प्रसाद कलवार 
बारा ३ (क) बाट निर्वाचित नेकपा एमालेका रविन्द्र दास श्रेष्ठ 
बारा ३ (ख) बाट निर्वाचित नेकपा एमालेका महम्मद समीर 
बारा ४ (क) बाट निर्वाचित नेकपा एमालेका देवनारायण थारु 

पर्साबाट
पर्सा १ (क) बाट निर्वाचित माओवादी केन्द्रका रहबर अंसारी 
पर्सा २ (क) बाट निर्वाचित नेपाली कांग्रेसका श्याम प्रसाद पटेल 
पर्सा ३ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार प्रमोद कुमार जयसवाल 
पर्सा ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका जर्नादन सिंह क्षेत्री 
पर्सा ४ (क) बाट निर्वाचित नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी

  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार २०:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया