कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका(१ मंगलपुरमा प्रदेश २–०३–०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको ज्यान गएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार कैलारी गाउँपालिका८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।