विश्वकप फुटबल : मोरक्कोको पहिलो जित

कतारमा जारी फिफा विश्वकपमा मोरक्कोले पहिलो जित हात पारेको छ । उसले आज सम्पन्न खेलमा बेल्जियमलाई २–० ले हराउँदै पहिलो जित हात पारेको हो ।

अल थुमामा स्टेडियममा खेलको ७३ औं मिनेटमा अब्देलहामिद साबिरीले फ्रिकिकमार्फत गरेको उत्कृष्ट गोल गरेपछि मोरक्कोले अग्रता लिएको थियो ।

दोस्रो हाफको थप गरिएको समयमा जकारिया अबुखलालले गोल गर्दै टोलीलाई २–०को जित दिलाए ।

त्यसअघि पहिलो हाफको थप गरिएको समयमा मोरक्कोका हाकिम जियाचले गोल गरे पनि त्यसले मान्यता पाएको थिएन  । 

उनले फ्रिकिकमार्फत गोल गरेका थिए, तर भिएआरमा अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर बल छेकोको देखिएपछि त्यसले मान्यता नपाएको हो ।

यो जितसँगै समूह ‘एफ को मोरक्कोले दुई खेलमा चार अंक जोड्दा पहिलो पराजय बेहोरेको बेल्जियमको समान खेलबाट तीन अंक छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार २०:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया