मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा सार्वजनिक बिदा दिइएको हो । 

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेका हुन् । 

सीताराम विवाह पञ्चमीको सोमबार मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको हो । जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ । 

सीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहरूको बासको तथा भीडलाई ध्यानमा राखेर विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो । 

दुई दिनदेखि नेपाल तथा भारतका विभिन्न भूभागबाट तीर्थयात्री जनकपुरधाम आउने क्रम जारी छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार २२:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया