logo-img

लमजुङमा एमाले बन्यो पहिलो दल

लमजुङमा  प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ ।

एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक मत ३१ हजार, एक सय ७८ प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २७ हजार ७ सय ९६ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले ६ हजार ४ सय ८३ मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार २ सय १८ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ ।

समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी २३ सय ८, नेकपा एकीकृत समाजवादी पार्टी ५ सय ८२, जनता समाजवादी पार्टी २ सय ६१, मंगोल नेशनल अर्गनाइजेसन ४ सय ९७, राष्ट्रिय जनमोर्चा ३६, जनमत पार्टी ६८, नेकपा माले ४३, नेकपा माओवादी समाजवादी ४६, हाम्रो नेपाली पार्टी ४४, राष्ट्रिय जनमुक्ति पार्टी ५०, नेपाली कांग्रेस विपी २१ जनसमाजवादी पार्टी २७, सामाजिक एकता पार्टी ६७, नेमकिपा १९, विवेकशील साझा ८, आमुल परिवर्तन मसिहा पार्टी ७९, नागरिक उन्मुक्ति पार्टी १५, नेपाली जनता दलले ४१ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया