पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता रमेश रिजाललाई मुकुट लगाइएको छ ।
निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न रिजाल आइतबार साँझ धोबिनी गाउँपालिका–३ हरिहरपुरमा पुगेका थिए ।
रिजाललाई त्यहीँ चाँदीको मुकुट लगाइदिइएको हो । गाउँपालिका उपाध्यक्ष मञ्जु देवी पनि नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि राजेशमान सिंहलाई पनि तत्कालीन सांसद प्रदीप यादवले बधाई दिने क्रममा चाँदीको मुकुट लगाइदिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।