इन्डोनेसियामा भूकम्प : मृतकको संख्या ३२१ पुग्यो

इन्डोनेसियाको जाभा टापुमा यही हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ सय २१ पुगेको छ । उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ ।

जाभाको सिआनजुर शहरमा सोमबार ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो । अधिकांश पीडित भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा मारिएका थिए ।

प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले बताएअनुसार  पछिल्लो समय  तीन शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ३२१ पुगेको  हो । 

भुकम्पमा  फसेका ११ जना अझै बेपत्ता छन् । उद्धारकर्ताहरूले  खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने बताएका छन् । भूकम्पले ६२ हजार भन्दा बढी घरमा क्षति पुगेको र ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।  

प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अधिकारीहरूले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिन भन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिने छन् ।

सोमबारको भूकम्प सन् २०१८ को भूकम्प पछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ । सुनामीले सुलावेसी टापुमा चार हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो ।    





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार ९:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया