प्रतिनिधिसभाका १५८ सिटको मतपरिणाम सार्वजनिक, कसलाई कति सफलता?

प्रतिनिधिसभामा अहिलेसम्म १ सय ५८ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस ५३ सिटका साथ पहिलो पार्टी बनेको छ ।

त्यस्तै, नेकपा एमालेले ४२ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवार सात/सात सिटमा निर्वाचित भएका छन् । 

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक/एक सिटमा जितेका छन् । पाँच स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

मतगणना जारी रहेका चारमध्ये कांग्रेसले तीन र एमाले उम्मेदवारले एक ठाउँमा अग्रता लिएका छन् । एमालेका उम्मेदवार सुनसरी–३ मा मञ्जु चौधरीले अग्रता लिएकी छन् ।

त्यस्तै, धनुषा–४ मा महेन्द्र यादवले अग्रता लिएका छन् । सुनसरी क्षेत्र नम्बर ४ मा शनिबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । 

सञ्चार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले नै धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । विवाद समाधान हुन नसक्दा गणना अघि बढ्न सकेको छैन ।



गणना रोकिँदासम्म कांग्रेस उम्मेदवार कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतभन्दा ९८ मतले मात्रै अगाडि छन् । उदयपुर क्षेत्र नम्बर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका डा. नारायण खड्काले अग्रता कायम राखेका छन् । 



  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार ९:५६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया