यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत धनुषा–४ मा मतगणना जारी रहेको छ ।
मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए ।
मतगणनाको पछिल्ला विवरणअनुसार यादवले ६ सय ८६ मतले अग्रता लिएका छन् । उनले २७ हजार २ सय ६ मत प्राप्त गरेका छन् ।
महासेठले २६ हजार ५ सय २० मत प्राप्त गरेका मतदान अधिकृत सुदीप दंगालले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।