समानुपातिक प्रणालीतर्फकाे ८५ प्रतिशत मतगणना सकियाे

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फकाे ८५ प्रतिशत मतगणना सकिएकाे छ । अब १५ प्रतिशत मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएकाे छ । 

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव  ८२ प्रतिशत मतगणना भइसकेको छ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो ।  

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १७:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया