निर्वाचनको पूर्ण नतिजा आएपछि सत्ता समीकरणबारे निर्णयमा पुग्छौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावको पूर्ण नतिजा आएपछि आवश्यकताअनुसार निर्णयमा पुग्ने बताएका छन्। सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्ता समीकरणमा आफ्नो पार्टीले भूमिका खेल्ने संकेत गरेका हुन् । 

उनले लेखेका छन्, ‘केन्द्रीय  राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौं। निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौँ। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौँ ।’ 

लामिछानेले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेर आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाको २,३,४,५,६ र ७ मा विद्युतीकरणबारे छलफल गरेको बताएका छन् । 

उनले जनताले मत दिएर आफ्नो काम सकेको भन्दै अब जनप्रतिनिधिको काम सुरु भएको बताएका छन् । उनले चितवनका किसानको व्यहोर्नु परेको रासायनिक मलको समस्याबारे कृषि सामग्री केन्द्र गएर अवस्था बुझेको जानकारी गराएका छन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार २२:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया