सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता कायमै राखेकी छन् ।
उनले अहिलेसम्म ३६ हजार १३६ मत प्राप्त गरेकी छन् । चौधरीका निकटतम् प्रतिद्वन्द्वी विजयकुमार गच्छदारले ३० हजार ५०१ मत पाएका छन् ।
चौधरीभन्दा गच्छदार ५ हजार ५ सय ३५ मतले पछाडि छन् । त्यहाँ अब १० हजार ६ सय मत गणना हुन बाँकी रहेको छ ।
तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २ सय ६९ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।