टोखाको ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, एकजना घाइते

काठमाडौंको टोखा नगरपालिका–६ ग्रिनल्याण्ड नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । 

गएराति ११ बजे बा ७४ प ५७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २६ वर्षका सविन कँडेलको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

मोटरसाइकलमा सवार पञ्चकन्या–४ कै २२ वर्षीय सन्देश कार्कीकोउपचार ग्राण्डी अस्पतालमा भइरहेको छ ।   





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १०:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया