उदयपुर–१ : १०० मतपत्र बदर गर्ने निर्णयपछि गणना सुरु
फाइल तस्बिर

उदयपुर क्षेत्र नं. १ मा रोकिएको मतगणना कार्य सुरु भएको छ । १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको हो ।

बदर भएका मतपत्र उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) अन्तर्गतका हुन् । प्रदेश सभा (ख) तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्र बदर गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । 

उनका अनुसार १० मंसिरको मतगणनाको क्रममा खोलिएका जनता मावि, श्रीपुर (क), जनता मावि, देउरी (क), जनता मावि, देउरी (ख), जनता मावि, देउरी (ग), अम्वेवर मावि, राजावास (क), बालमन्दिर मावि, बोक्से (ख), मावि चिलाउने (ख)समेत १० वटा मतदान केन्द्रहरूको मतपेटिका खोली मिसाइएका मतपत्र बदर हुनेछन् ।





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार ११:२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया