logo-img

विजय गच्छदारलाई हराउँदै सुनसरी-३ मा एमालेकी भगवती चौधरी विजयी

नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारलाई हराउँदै सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की भगवती चौधरी विजयी भएकी छन् । ४ हजार १३४ मत गन्न बाँकी रहँदै उनकाे जित सुनिश्चत भएको हो ।

हालसम्मकाे मतगणनामा चौधरीले ३९ हजार २९७ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ५ हजार ४३४ मत रहेको छ ।

चौधरी यसअघि २०७० र २०७४मा गच्छदारसँग दुईपटक पराजित भएकी थिइन् । चौधरीले दुईपटकको हारको बदला तेस्राेपटकमा लिएकी छन् । 

२०४८ सालदेखि निरन्तर ६ पटकका विजयी गच्छदार भने सातौँपटकमा पुरानै प्रतिस्पर्धीसँग पराजित भए ।





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १६:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया