राप्रपा नेपालकाे मंगलबार बसेको सचिवालय बैठकले आमनिर्वाचनमा निराशाजनक परिणाम भोग्नुपरेको निष्कर्ष निकालेको छ ।
बैठकले अपेक्षाकृत परिणाम नआए पनि जनताको अभिमतलाई स्वीकार गर्दै प्रजातान्त्रिक मान्यताअनुसार पराजय स्वीकार गर्ने निर्णय गरेको छ ।
बैठकले पराजित हुनुमा पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा होमिनुपरेको, संगठन निर्माण हुन नसकेको, संस्थागत रुपमा प्रभावकारी चुनावी अभियान सञ्चालन हुन नसकेकोलगायत कमजाेरी पहिचान गरेकाे छ ।
बैठकले निर्वाचनमा देखिएका कमजोरी र भविष्यमा अवलम्बन गर्नुपर्ने नीति र कार्यलाई व्यवस्थित गर्न उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा वसन्त मानसिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मतजंग भण्डारी, युवती कार्की, उज्वल पोखरेल र राजाराम बर्तौला सदस्य छन् ।
समितिलाई निर्वाचनको समीक्षा र सुझाबसहितको प्रतिवेदन पेस गर्न म्याण्डेट दिइएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।