१६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, अब चार स्थानको मात्र बाँकी

प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ अहिलेसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १६५ मध्ये अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले २५ हजार ९ सय ४४ प्राप्त गरेका छन् ।

कार्कीलाई पछ्याइरहेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मत ल्याएका छन् । दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै सुरु हुन सकेको छैन । 

अहिलेसम्म १ सय ६१ ठाउँमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाका उम्मेदवार ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जित हात पारेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका छन् ।   





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार ७:२५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया