निधिसँग भेटेर सिके राउतले भने- कांग्रेससँग सहकार्य गर्न तयार छु

जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग उनकै निवास नयाँ बानेश्वर पुगेर भेटघाट गरेका छन् । 

भेटमा राउतले आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारेका थिए। 
भेटमा निधिले राउतलाई सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए। 

निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको जवाफ दिएका थिए।

राउत हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका छन् । उनी नेतृत्वकाे जनमत पार्टीले समानुपातिकमा थ्रेसहाेल्ड कटाइसकेकाे छ । 

निधि र राउतबीच बुधबार दिउँसो करिब एक घण्टा कुराकानी भएको थियो। भेटमा मुलुकको समसामयिक राजनीति र नयाँ सरकार गठनलगायतका विषयमा पनि कुराकानी भएको निधिको सचिवालयले जनाएको छ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १८:२८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया