सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायम छ । उनले एमालेका उम्मेदवार जगदिश कुसियैतसँग केही मतान्तर बढाएका छन् ।
कडा टक्करकाबीच पछिल्लोपटक मतपरिणामअनुसार मतान्तर यसअघि ७३ रहेकोमा अहिले मतान्तर ९० पुगेको छ ।
यहाँ ८१,१९१ मत खसेकोमा अझै ५९५३ मतगणना हुन बाँकी छ ।
७५,२३८ मतगणना हुँदा कार्कीले २८०२५ मतका साथ अग्रता लिइरहेका छन् भने एमालेका कुसियैतले २७,९३५ मतका साथ पछ्याइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।