अफगानिस्तानको मदरसामा बम विस्फोट : १६ विद्यार्थीको मृत्यु, २७ घाइते

अफगानिस्तानको एक मदरसामा बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा १६ जना विद्यार्थीको मृत्यु भएको छ ।

सामंगन प्रान्तको मध्यभागमा रहेको ऐबाक सहरको मदरसामा भएको बम विस्फोटमा २७ जना घाइते भएका छन्। 

मदरसामा दिउँसोको नमाजका वेला विस्फोट भएको हो। विस्फोट भएको मदरसा हालै निर्माण गरिएको हो।

विस्फोटमा ज्यान गुमाउने र घाइते भएका अधिकांश मदरसामा अध्ययनरत विद्यार्थी रहेका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

दुई महिनाअघि काबुलमा पनि बम विस्फोट भएको थियो।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार २०:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया