प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् । 

‘गठबन्धनको बहुमत पुगेको छ, गठबन्धनको सरकार बन्छ । दलहरूबीच सल्लाह हुँदैछ,’ पौडेलले भने, ‘म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।’

पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ । 

‘सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरू साथीहरू पनि खुला हुनुहुन्छ । तर, अहिलेको परिस्थिति देशले एकपटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो,’ पौडेलले भने, ‘पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरूपमा नै लिनुभएको छ । सल्लाह गरौँला भन्नुभएको छ, सल्लाह हुन्छ ।’ 

टिकट वितरण गर्दा गठबन्धन दलहरूबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उनले बताए । युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले  बताए ।

फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । ‘नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु,’ पौडेलले भने । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १०:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया