ग्रेडरले कुल्चिएर छात्राको मृत्युपछि प्रहरी कार्यालय अगाडि विद्यार्धीको प्रदर्शन

कैलालीको धनगढीमा ग्रेडरले कुल्चिएर एक विद्यार्थीको मृत्यु भएपछि तावग्रस्त छ । धनगढी उपमनगरपालिका–५ मा रहेको पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साँउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। 

उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध पारे। उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्। जिल्ला प्रहरी कार्यालय अगाडि दायर बालेर प्रदर्शन समेत गरे । 

आज बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतना साँउद हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ना१क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





 

 

  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १६:१८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया