किम–ट्रम्पको भेट भियतनाम हुनुको अर्थ के रहन्छ ?
यसअघि किम र ट्रम्प सिङ्गापुरमा भेटेका थिए ।

यो सन् १९६५ मार्च महिनाको कुरा हो । त्यति बेला पहिलो पटक भियतनामको डानाङ सहरमा अमेरिकी सेनाले आफ्नो कदम राखेको थियो । 

दक्षिण पूर्वी एशियामा पूँजीवाद तथा साम्यवादबीचको लडाइँमा अमेरिकाले प्रभाव पार्न खोजेको यो पहिलो पटक थियो । 

अब ४० वर्षपछि भियतनामको पुरानो दुश्मन अमेरिका र शीत युद्धमा आफूलाई सहयोग गरेको साथी उत्तर कोरियाबीच भेटघाट हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–उनसँगको दोस्रो भेटघाट २७ फ्रेबुअरी र २८ फ्रेबुअरीमा हुने तय गरेका छन् ।

त्यसो त अहिलेसम्म कुन ठाउँमा यी दुई नेता भेट्दै छन् भन्ने औपचारिक घोषणा भएको छैन । जे होस्, उनीहरु भियतनाममा भेट्ने चाहिँ निर्णय भइसकेको छ । 

भियतनाम नै किन ? 

खासमा यो भेटघाटका लागि किन भियतनाम नै छानियो त ? यसको पनि प्रमुख कारण छ । 



साम्यवादी शासन तथा पूँजीवादी अर्थव्यवस्थालाई अँगालेको भियतनाम अमेरिका र उत्तर कोरियाल दुवैसँग अहिले नजिकको देश मानिन्छ । खासमा यसलाई विश्लेषकहरुले सांकेतिक कारण भएको बताएा छन् । भियतनाम दुवैका लागि एक तटस्थ देश भएकाले यो भेटघाट भियतनाममा नै गर्न लागिएको र यसले दुवै देशलाई फाइदा नै पुग्ने अनुमान दुवैले गरेका छन् ।

अर्कोतिर भियतनाम उत्तर कोरियाली नेता किम जङ उनका लागि सबैभन्दा सुरक्षित ठाउँ पनि हुनेछ । चीन र उत्तर कोरिया दुवैसँग अत्यन्त नजिक रहेको भियतनाममा किमले आफू पनि कुनै फरक देशको नभएको पुष्टि गर्ने मौका पाउनेछन् । यसको अर्थ किम आफूलाई सहज ठाउँमा ल्याउन चाहन्छन् । र, के पनि हो भने भियतनामबाट किम केही सिक्न पनि चाहन्छन् । किनकि हिजो अमेरिकासँग नराम्रो सम्बन्ध बनाएको भियतनामले पछि सम्बन्ध सुधार गरेको थियो । यो भियतनामको कथा किमका लागि आदर्श हुनसक्ने अनुमान धेरैले गरेका छन् ।



अर्कोतिर ट्रम्पले सन् २०१७ मा भएको एपेक सम्मेलनमा भियतनामको यात्रा गरेका थिए र त्यसलाई कम्फर्ट जोनका रुपमा लिएका थिए । त्यसैले पनि उनी फेरि भियतनाममा जानुमा कुनै अनर्थ देख्दैनन् । 

झन्, भियतनामलाई भेटघाट स्थल बनाउने यी दुईको निर्णयलाई दक्षिण कोरियाले स्वागत गरिसकेको छ ।


  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार १९:४५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया