बाजुरामा निर्वाचन सम्पन्न भएको ११ दिनपछि मतगणना सुरु भएको छ । आज दिउँसो साढे ३ बजेदेखि सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुरेको सहमति अनुसार मतगणना सुरु भएको हो । जिल्ला सदरमुकाम मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ ।
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो । आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्षविहीन बनेको थियो ।
तेस्रोपटक बोलाएको बैठकमा विमति जनाउँदै आएको नेकपा एमाले पनि सहभागी भएपछि मतगणना गर्ने सहमति बनेको हो । जिल्लामा ८३ हजार ५ सय ६७ मतदता रहेकोमा ६० हजार १ सय ५२ मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।