सस्तियाे ब्रोइलर कुखुराकाे मासु, प्रतिकिलो २ सय २० रुपैयाँ

बजारमा ब्रोइलर कुखुरा मासुको भाउ केही सातादेखि निरन्तर घटेको छ । दुई महिनाको अवधिमा ब्रोइलर कुखुरा मासुको होलसेल मूल्य प्रतिकिलो ५० रुपैयाँ सस्तो भएको हाे ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार भारतबाट सस्तोमा कुखुरा भित्रिन थालेपछि यहाँ मूल्य घट्न थालेको हाे । मंसिर १४ गते प्रतिकिलो २ सय २० रुपैयाँ तोकिएको संघले जनाएको छ ।

असोज २२ गते प्रतिकिलो २ सय ७० रुपैयाँ रहेको जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य असोज ३१ मा प्रतिकिलो २ सय ६० रुपैयाँ थियाे ।





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १७:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया