राखेपका पूर्वसदस्यसचिव किशोरबहादुर सिंहको निधन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार राति एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको बिहीबार दिउँसो १२:३० बजे निधन भएको हाे ।

ब्याडमिन्टन संघको अध्यक्ष समेत रहेका स्वर्गीय सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव थिए । सिंह ६ पटक राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन भए । 

स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र शुक्रबार उनकी छोरी लन्डनबाट स्वदेश फर्किएपछि ताहाचल स्थित घरमा लगेर शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने बताइएकाे छ । स्वर्गीय सिंहका श्रीमती र एक छोरी छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १७:१३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया