यू–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनी प्रदेशले प्रदेश–१ लाई हरायाे

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो ।

प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा देव खनालले सर्वाधिक १९ रनको योगदान दिए भने आकाश त्रिपाठीले १७ रन जोडे । त्यस्तै प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुसाल ८ रनमा अविजित रहे । 

हारसँगै प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश–१ का लागि कप्तान दिपेश कँडेलले तीन विकेट लिए भने विपीन महतोले १ विकेट लिए । त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमा समेटिएको थियो । प्रदेश १ का लागि शुभम गहतराजले २२ रन जोडे भने स्टाइन रिजालले १९ रन बनाए । त्यसबाहेका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका निर्मल गुरुङले ५ विकेट लिए भने दुर्गेश गुप्ताले २ तथा अभिशेक गौतम र तुलबहादुर थापाले समान १/१ विकेट लिए । जितसँगै लुम्बिनीले ५ खेलबाट ८ अङ्क बनाएको छ । समान ५ खेलबाट ४ अङ्क भएको प्रदेश १ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो । 

प्रतियोगितामा मधेस प्रदेश, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् । 
 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १७:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया