ज्यादा शुल्क लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा

पाेखरा– गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि कक्षाकोठा, कलेज प्रशासन र अस्पतालको बहिरंग विभागमा तालाबन्दी गरेका विद्यार्थीले आइतबारदेखि मेडिकल कलेज परिसरमा रिले अनसन सुरु गरेका छन् । 

बिहान १० देखि साँझ ८ बजेसम्म विद्यार्थी अनशनमा बसेका छन् । आज विद्यार्थीले अस्पतालको बिल काउन्टरमा समेत तालाबन्दी गरे । अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने विद्यार्थीको माग छ । 

काठमाडौं उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम रहे पनि ५५ लाखभन्दा बढी शुल्क तिर्नुपरेको विद्यार्थीहरुको गुनासो छ ।  

सन् २०१५ देखिका ब्याचका विद्यार्थीसँग कलेजले बढी शुल्क उठाएकाले आन्दोलनमा उत्रिनुपरेको उनीहरु बताउँछन् । 

कलेज प्रशासनले भने सरकारले तोकेकै शुल्क लिँदै आएको बताएको छ । हरेक वर्ष शुल्क तयार हुने भएकाले ३ वर्षअघिको शुल्क अहिले लागू नहुने र कानुनअनुसार नै शुल्क लिएको कलेज प्रशासनको जिकिर छ । विद्यार्थीको आन्दोलनलाई अनेरास्ववियु, विवेकशील साझा पार्टीलगायतले समर्थन गरेका छन् । 





  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार २०:४५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया