मोरक्कोले बनाएको इतिहासः ३६ वर्षपछि नकआउट चरणमा

कतार विश्वकपमा यसअघि कमजोर आँकिएका देशहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । विश्व च्याम्पियन बन्लान् भन्ने अपेक्षा गरिएका जर्मनी, बेल्जियमलगायतका देश अन्तिम १६ मा पुग्न नपाउँदा ३६ वर्षपछि मोरक्को नकआउट चरणमा पुगेको छ ।

समूह एफको विजेता बन्दै मोरक्को अन्तिम १६ मा पुगेको हो ।

यही समूहबाट क्रोएसिया पनि नकआउट चरणमा प्रवेश गरेको छ । यसअघि सन् १९८६ मा मोरक्को अन्तिम १६ मा पुगेको थियो । क्रोएसियाभन्दा अगाडि रहेर मोरक्को अर्को चरणमा प्रवेश गरेको हो ।

मोरक्कोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि हाकिम जियेकले क्यानडाको पोस्टमा बल छिराएका थिए ।

मोरक्कोले खेलको २३ औं मिनेटमा थप अर्को गोल गर्यो । यो गोल एन नेसिरीले गरेका थिए ।

क्यानडाले पनि खेलमा एक गोल गर्यो । ४० औं मिनेटमा क्यानडाका लागि गोल गर्दै नायेफ अगुएर्डले आशा दिलाएका थिए । तर, यो अन्तिम गोल भयो ।



यो समूहबाट मोरक्को र क्रोएसिया अगाडि जाँदा बेल्जियम र क्यानडा विश्वकपबाट बाहिरिएका छन् ।



  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ६:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया