स्पेनलाई हराउँदै जापान विश्वकप नकआउट चरणमा

जापान कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘ई’ अन्तर्गत गएराति भएको आफ्नो अन्तिम खेलमा स्पेनलाई २–१ गोलले हराउँदै जापान अन्तिम १६ मा प्रवेश गरेको हो । 

जापान समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गर्‍यो । यसअघि उसले पहिलो खेलमा जर्मनीलाई पनि २–१ ले हराएको थियो । जापान अन्तिम १६ मा पुगेसँगै जर्मनी भने बाहिरिएको छ । 

अन्तिम खेलमा जापानले एक गोलले पछि पारेको अवस्था उल्टायो । स्पेनले खेलको ११ औं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो । जापानका लागि ४८ मिनेटमा डोआन र ५१ मिनेटमा तानाकाले गोल गर्दै खेल जिताए । जापानसँग पराजित भए पनि स्पेन अन्तिम १६ मा पुग्न सफल भयो ।

पहिलो खेलमा कोस्टारिकालाई हराएको स्पेनले दोस्रो खेलमा जर्मनीसँग बराबरी खेलेको थियो । अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि चार अंक नै जोडेको जर्मनी भने स्पेनसँग गोलअन्तरमा पछि पार्दै बाहिरियो । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ६:१७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया