कतारमा जारी विश्वकप फुटबलमा आज पनि समूह चरणका चार खेल हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का दुई–दुई खेल हुन लागेका हुन् ।
समूह ‘एच’ मा दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे खेल्ने छन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
यो समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ । अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना छ ।
पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा छ । घाना ३ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरिया १ अंकसहित तेस्रो स्थानमा छ । उरुग्वे १ अंकसहित पुछारमा छ ।
समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्याण्ड तथा क्यामरुन र ब्राजिलबीचको खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।
यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा छ ।
स्विट्जरल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ । क्यामरुन १ अंक जोडेर तेस्रो स्थानमा छ । सर्बिया १ अंकसहित पुछारमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।