विश्वकपको समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले दिए राजीनामा

बेल्जियम फुटबल टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन् । टोली कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक मार्टिनेजले राजीनामा दिएका हुन् । 

समूह ‘एफ’ को अन्तिम खेलमा बिहीबार क्रोएसियासँग बराबरीमा रोकिएपछि बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरिएको हो । सन् २०१६ मा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता मार्टिनेजले बेल्जियमको स्वर्ण पुस्तालाई दुई युरोकप र दुईपल्ट विश्वकप खेलाए पनि ठूलो उपलब्धि दिलाउन सकेनन् । 

यद्यपि उनको प्रशिक्षणकालमा बेल्जियम लामो समय फिफा वरीयताको शीर्ष स्थानमा भने रह्यो । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ६:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया