आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो १ः१५ देखि विन्डहोकस्थित वान्डरर्स क्रिकेट मैदानमा सुरु हुनेछ ।
सिरिजमा नेपाल नामिबियालाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ । नामिबिया घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने सोचमा छ । हालसम्म नेपालले नामिबियाविरुद्ध दुई एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेको छ । जसमा नेपाल दुवै खेलमा पराजित भएको छ ।
विश्वकप लिग–२ अन्तर्गत नै खेलिएको सिरिजमा नामिबियासँग नेपाल क्रमशः ४० रन र ६३ रन पराजित भएको छ । विश्वकप लिग–२ को अंक तालिकामा नेपाल हाल छैैटौँ स्थानमा छ ।
१७ अंक जोडेको नेपालले २० म्याच खेल्दा ११ मा हार, आठमा जित र एक खेलमा अंक बाँडेको छ । त्यस्तै, २६ म्याच खेलेको नामिबिया तालिकाको चौथो स्थानमा छ । उसले २६ म्याच खेल्दा १६ मा जित र १० खेलमा हारको सामना गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।