कांग्रेसमा चर्चाः शेरबहादुर देउवा अबको राष्ट्रपति

नेपाली कांग्रेसमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अबको राष्ट्रपतिका रुपमा पनि चर्चा गर्न थालिएको छ । 

नेपाली कांग्रेसका केही नेताहरुले देउवालाई अब राष्ट्रपति बनेर देशको अभिभावकत्व लिन अनुरोधसमेत गरिसकेका छन् । नेपाली कांग्रेसका एक युवा नेताले आफूहरुले कांग्रेसको ऊर्जालाई थप बचाउन र नेपाली कांग्रेसप्रतिको विश्वासलाई नयाँ पुस्तामा थप ऊर्जाका साथ लैजान कांग्रेसबाट सरकारको नेतृत्व नयाँ व्यक्तिले गर्नु पर्ने भन्दै देउवालाई राष्ट्रपतिका लागि अनुरोध गरेको बताए ।

‘उहाँले बारम्बार सरकारको नेतृत्व गर्नुभएको छ,’ कांग्रेसका ती नेताले भने, ‘अब उहाँ अभिभावकको भूमिकामा देखिनु पर्छ, त्यसले उहाँको राजनीतिक जीवनलाई पनि नयाँ उचाइमा लैजानेछ ।’

पछिल्लो समय सत्ता गठबन्धनका नेताहरुबीचको अनौपचारिक बैठकमा पनि यो विषयले प्रवेश पाउन थालेको छ ।

यसअघि सत्ता गठबन्धनका दलहरुबीच राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई बनाउने विषयमा चर्चामा भएको थियो । तर, इलाममा निर्वाचन हारेपछि खनाल यो रेसबाट बाहिर पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनमा सघाएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रपति बन्न सक्ने सम्भावना पनि कायमै रहेको कांग्रेसका ती नेताले बताए ।





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ७:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया