स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणामअनुसार स्याङ्जा–२ मा कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले अग्रता कायमै राखेका हुन् ।
उनले अहिलेसम्म ११ हजार ९२० मत पाएका छन् । धनराजलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्यालले ९ हजार ५०२ मत प्राप्त गरेकी छन् । धनराज र अर्यालबीचको कतान्तर २ हजार ४१८ रहेको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गरेका छन् । कुल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार ५ सय ८३ मत गणना भएको छ ।
४ मंसिरमा भएको निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि स्याङ्जा–२ मा १४ मंसिरदेखि मात्रै मतगणना सुरु भएको थियो ।
भूलसुधार : यसअघि पद्मा अर्याल २४ सय मतले पछाडि हुनुपर्नेमा अन्यथा भएकाले सच्याएको छ । –सम्पादक
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।