काठमाडौं महानगरलाई भूमि आयोगले भन्यो– तत्काल सुकुम्बासी बस्ती नहटाउनू

राष्ट्रिय भूमि आयोगले सुकुम्बासीलाई अहिले नहटाउन निर्देशन दिएको छ । आयोगले शुक्रबार सूचना जारी गर्दै कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तह तथा सरकारी/गैरसरकारी निकायलाई निर्देशन दिएको हो ।

आयोगले सूचनामा उल्लेख गरेको छ, ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न/नगराउन यो सूचना प्रकाशित गरिएको छ ।’  

आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै गर्ने जनाएको छ । आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो ।

सुकुम्बासी बस्ती हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद सकिएको भन्दै गत सोमबार काठमाडौं महानगरपालिका डोजर लिएर  थापाथली पुगेको थियो । 

बस्तीमा डोजर चलाउन खोजेपछि स्थानीयले अवरोध गरेका थिए । स्थानीयको ढुंगामुढा प्रहारबाट नगरप्रहरीसहित महानगरपालिकाका कर्मचारी घाइते भएका छन् । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ८:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया