स्याङ्जा–२ (क) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित

स्याङ्जा क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार १ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पराजित गरेका हुन् । वि.सं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार ४ सय ३१ मत प्राप्त गरे ।

स्याङ्जा–२ (क) मा गल्याङ नगरपालिकाका–६ र ७, भीरकोट नगरपालिकाका–५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका–१, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् । 

विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । स्याङ्जा क्षेत्र नं २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । 

गुरुङले १२ हजार ९ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमाले उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार ६ सय २७ मतसहित पछ्याइरहेका छन् । उनीहरूबीच २ हजार ३ सय २४ मतान्तर छ ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ९:४४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया