प्रतिनिधिसभा निर्वाचनअन्तर्गत स्याङ्जा–२ मा मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार उनले १२ हजार ९५३ मत पाएका छन् । गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार ६२७ मत पाएकी छन् ।
उनी धनराजभन्दा २ हजार ३२६ मतले पछाडि छिन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ६७६ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।