आज पनि बढ्यो सुनको मूल्य

आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो ।

योसँगै प्रतितोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको भाउ ५ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी तोलामा ४० रुपैयाँले बढेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १२:४९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया